आमाको गर्भमा पनि रक्त क्यान्सर हुन सक्छ । इन्स्िटच्युट अफ क्यान्सर रिसर्चका विशेषज्ञहरू मानव शरीरको तीन अर्ब जिन्सको डीएनए अध्ययनपछि यो नतिजामा पुगेका हुन् । यो अध्ययन 'पीएनएस' जर्नलमा प्रकाशित छ ।
अनुसन्धाताहरूका अनुसार, पछिल्लो अध्ययन परिणामले क्यान्सर उपचारको नयाँ औषधि खोज्नमा सघाउ पुग्नेछ । विश्वभरिमा सबैभन्दा बढी बालबालिका नै रक्त क्यान्सरको समस्यामा पर्ने गरेका छन् ।
उक्त अध्ययनमा जुम्ल्याहा बालबालिकाको चयन गरिएको थियो, किनभने जुम्ल्याहाहरूको डीएनए लगभग एकै खालको हुने गर्छ । डीएनए आफ्ना आमाबुवाबाट उत्तराधिकारका रूपमा प्रत्येक सन्तानले पाउने गर्छन् । बालबालिकामा क्यान्सरको जोखिम पत्ता लगाउन डीएनए अध्ययन सहयोगी साबित भएको छ । यसले गर्दा क्यान्सरको उपचार प्रभावकारी हुन्छ ।
आमाबाट शिशुमा मुटु रोग मोटोपनाले ग्रस्त महिलाले जन्माएका शिशुहरूमा मुटु रोगको प्रारम्भिक लक्षण पाउने गरिएको छ । त्यस्ता शिशुको धमनी पनि मोटो हुने गरेको छ ।
सिड्नी विश्वविद्यालयमा गरिएको यो अध्ययनको प्रतिवेदन 'अर्काइभ्ज अफ चाइल्डहुड' मा प्रकाशित छ । त्यस अनुसार, मुटु रोगको प्रमुख कारक, शरीरको प्रमुख रक्तवाहिनीमध्ये एउटा धमनी मोटो हुनु नवजात शिशुको तौलमा निर्भर गर्दैन । यसबाट पत्तो पाइन्छ, मोटोपनाले ग्रस्त आमाहरूले आपmना शिशुहरूलाई मुटुको रक्तनलीसम्बन्धी रोगको चपेटामा आउने खतरालाई कसरी बढाउने काम गरिरहेका छन् । विकसित देशमा प्रजनन आयु वर्गका आधाभन्दा बढी महिला मोटोपनाले पीडित छन् । अनि तिनका सन्तानहरू मुटुसम्बन्धी रोगको सम्भावनामा बाँचिरहेका छन् ।